कोरोनाले वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यास भने बढ्यो | Khabarhub Khabarhub

कोरोनाले वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यास भने बढ्यो

११ महिनामा ८ खर्ब ७० अर्ब भित्रियो


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या घटे पनि वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुले नेपाल पठाउने पैसा (रेमिट्यान्स) भने बढेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्गा ५९ दशमलव ९ प्रतिशतले घट्दा रेमिट्यान्स आप्रबाह भने १२ दशमलव ६ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजानिक गरेको छ ।

गत आर्थिक वर्षको ११ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘देशको आर्थिक वित्तीय अवस्था’ मा सो रकम रेमिट्यान्समार्फत नेपाल भित्रिएको उल्लेख छ ।

समीक्षा अवधिमा रेमिट्यान्टस आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ७१ अर्ब ४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ०६ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद