दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।

चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको प्रनाउथापाले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ४५ बजे

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

म्याग्दी– कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल

दोधारा चाँदनी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले