एमालेले देउवालाई विश्वासको मत नदिने « Khabarhub

एमालेले देउवालाई विश्वासको मत नदिने


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बुधबार भएको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गर्दै समर्थन नगर्ने निर्णय गरेको हो ।

एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

ज्ञवालीले भने, ‘पार्टीले प्रतिपक्षमा उभिने निर्णय गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ ।’

कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई एमालेका कुनै सांसदले समर्थन गरे त्यो व्यक्तिगत निर्णय हुने ज्ञवालीले बताए ।

एमालेको माधव कुमार नेपाल पक्षले गठबन्धनलाई समर्थन गर्ने संकेत गरिसकेको छ ।

आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : ११ बजे

श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

काठमाडौं – काठमाडौंमहानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ । सरकारी

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना