सांसदहरूको कोरोना परीक्षण « Khabarhub

सांसदहरूको कोरोना परीक्षण


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको अधिवेशन शुरू हुन दुई दिन मात्र बाँकी हुँदा शुक्रबार सांसदहरूको कोरोना भाइरस परीक्षण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरूको एन्टिजेन परीक्षण गरिएको हो ।

आजै संसदको रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइएकाले शुक्रबार एन्टिजेन परीक्षणमात्र गरिएको सचिवालयले स्पष्ट पारेको छ । यसअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कसैको रिपोर्ट पोजेटिभ आए आइसोलेशनमा पठाउने सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशमा पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन आइतबार शुरू हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न चार बजेका लागि दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन् । राष्ट्रिय सभाको सातौं अधिवेशन राष्ट्रपति भण्डारीले गत सोमबार मध्यरातिबाट अन्त्य गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ०८ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६