पर्यटन मन्त्रालय र मातहतका विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता | Khabarhub Khabarhub

पर्यटन मन्त्रालय र मातहतका विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका विभागीय प्रमुख एवं पदाधिकारीहरूसँग आर्थिक वर्ष २०७८/७९ को कार्यसम्पादन करार सम्झौता गरेको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापालगायतका विभागीय प्रमुखहरू एवं पदाधिकारीहरूसँग आगामी आर्थिक वर्षको कार्यसम्पादन करार सम्झौता भएको हो ।

उक्त अवसरमा सचिव कोइरालाले विभागीय प्रमुखहरूलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन, आयोजनाहरूलाई गुणस्तरीय तवरले समयमै सम्पन्न गर्न र नेपाल सरकारको असार २९ गते भएको बैठकले गरेका निर्णयहरू तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ४५ बजे

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक