विपद्‌बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता : गृहमन्त्री खाँण « Khabarhub

विपद्‌बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता : गृहमन्त्री खाँण


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । उनले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ४० बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६