लुम्बिनीमा विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा « Khabarhub

लुम्बिनीमा विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए । यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम भएको भन्दै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दैछ ।’

चार दलले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न माग गरेका छन् ।

स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गरेको आरोप लगाउँदै मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : १५ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६