लुम्बिनीमा विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा | Khabarhub Khabarhub

लुम्बिनीमा विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए । यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम भएको भन्दै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दैछ ।’

चार दलले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न माग गरेका छन् ।

स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गरेको आरोप लगाउँदै मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : १५ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ