चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट | Khabarhub Khabarhub

चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

शुक्रबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै  राजदूत यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।

दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

राजदूत यान्छीले दुवै नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको बुझिएको छ ।

राजदूत यान्छीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : ११ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।