धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने | Khabarhub Khabarhub

धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्लाका सात गाउँपालिकाले आफ्ना नागरिकलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएका छन् ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि ती गाउँपालिकाले आवश्यक रकम समेत विनियोजन गरेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ, भक्तपुर, चितवन र पोखरा शाखासँग ती गाउँपालिकाले सम्झौता गरेको छ ।

स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट प्राप्त आधिकारिक परिचयपत्रका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायणकुमार श्रेष्ठले बताए ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि बेनीघाट रोराङ गाउँपालिकाले रु १० लाख, गजुरीले रु पाँच लाख, ज्वालामुखीले रु पाँच लाख, खनियाबासले रु पाँच लाख ४५ हजार, गङ्गाजमुनाले रु तीन लाख, त्रिपुरासुन्दरीले रु दुई लाख ९७ हजार ५८० र रुबीभ्यालीले रु दुई लाख सोसाइटीलाई उपलब्ध गराएको छ ।

“ती गाउँपालिकाका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ”, सभापति श्रेष्ठले भने, “आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको व्यवस्था मिलाएको छ ।”

ती गाउँपालिकाका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेका आधिकारिक कागजपत्र र बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ४५ बजे

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।