केन्द्रले प्रदेशलाई बजेट नदिएको प्रदेश मन्त्रीको आरोप « Khabarhub

केन्द्रले प्रदेशलाई बजेट नदिएको प्रदेश मन्त्रीको आरोप


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर–प्रदेश नं २ का आर्थिक मामिला एवं योजनामन्त्री विजयकुमार यादवले केन्द्रीय सरकार सम्पूर्ण बजेट केन्द्रमा राखेको आरोप लगाएका छन् ।

नेपाल धितोपत्र बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले केन्द्र सरकारले ८५ प्रतिशत बजेट केन्द्रमा र बाँकी १५ प्रतिशतमा सातै प्रदेशलाई दिइ सङ्घीयतालाई औचित्यहीन सावित गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

उनले अर्थतन्त्रको स्थितिलाई मापन गर्ने आर्थिक ऐनाका रूपमा पूँजी बजार भएकाले लगानीयोग्य बचतको कमीले देखिएको तरलता सङ्कटलाई समाधान गर्न उन्मुख हुनुपर्ने खाँचो औँल्याए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले प्रदेशको आर्थिक समृद्धिका लागि कर्पोरेट टयाक्स प्रदेश सरकारलाई उपलब्ध गराउनु जरूरी भएको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बोर्डले लगानीकर्ताको हित, पूँजी बजारको विकास र नियमन गरी रहेको जानकारी गराउँदै आर्थिक विकासका लागि पूँजीबजारलाई प्रोत्साहन गरी यसको स्थायित्व विकास र विस्तारमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ८ : २७ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये