आज २०७८ साउन ४ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साउन ४ गते सोमबारको राशिफल


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ साउन ४ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ :

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ती होला ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ५ : ३४ बजे

‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा

काठमाडौं– रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी– अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म