संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल | Khabarhub Khabarhub

संसद जोगियो अब पार्टी जोगाउन लाग्छौँ : नेता भुसाल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेता घनश्याम भुसालले संसद जोगिएको र अब पार्टी जोगाउन लाग्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता भुसालले एमाले जोगाउनका लागि अब पहल गर्ने बताएका हुन् । संसद जोगाउनुपर्ने भएको र जोगाइएको उनले दाबी गरेका छन् ।

उनले लेखेका छन्,‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ। हामी उठ्छौं, धुलो टकटक्याउछौं र अगाडि बढ्छौं ।’

नेता भुसालसहित एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १० जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बैठक छाडेर बाहिरिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५१ बजे

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ