मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको | Khabarhub Khabarhub

मृतक संख्या ४१ लाख नाघ्यो, १७ करोड ४१ लाखभन्दा बढी निको


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि एक समय विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा अहिले संक्रमण लगभग नियन्त्रणमा छ । त्यहाँ अहिले दैनिक औषत १० हजार हाराहारी संक्रमित हुने गरेका छन् भने ३०/३५ जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म अमेरिकामा ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ४२ हजार २६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा पनि संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म ४ लाख १४ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ४८ हजार ‍४१४ जना, बेलायतमा १ लाख २८ हजार ७०८ जना, फ्रान्समा १ लाख ११ हजार ४७२ जना, इटालीमा १ लाख २७ हजार ८६७ जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ५७४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार ४५ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ४१ लाख ४८ हजारभन्दा बढी छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड २९ लाख ४१ हजार ४४७ छ । यसमध्ये ८० हजार ५३० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ५५ बजे

एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक साता देशभरीमा २ सय ६० जनामा डेंगु

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने

काँक्रेविहार– यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र

नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा

गणेश चौधरीलाई प्रश्न : विधानले नचिन्ने रेशमलाई पार्टीबाट निकाल्ने हो ?

रेशम चौधरी डिल्लीबजार कारागारमै हुँदा स्थापना भएको थियो नागरिक उन्मुक्ति

शाकाहारी र मांसहारी हुनुले क्यान्सर संक्रमणमा कति फरक पर्छ ?

पछिल्लो समय क्यान्सर रोग नेपाल लगायत विश्वकै लागि प्रमुख स्वास्थ्य