मालीका अन्तरिम राष्ट्रपति गोइता सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन « Khabarhub

मालीका अन्तरिम राष्ट्रपति गोइता सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मंगलबार हत्या प्रयास गरिएका मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता सकुशल रहेको पुष्टि भएको छ ।

हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै गोइताले आफू सकुशल रहेको बताए ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”

गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यस पहिले जानकारी गराएको छ ।

उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण प्रयास भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ५६ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित