अबु सैयाफले सम्भावित आत्मघातीलाई शरण दियो: फिलिपिनी मन्त्री « Khabarhub

अबु सैयाफले सम्भावित आत्मघातीलाई शरण दियो: फिलिपिनी मन्त्री


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्समा सक्रिय अबु सैयाफ नामक अतिवादी संगठनले संभावित आत्मघाती बम आक्रमणकारीलाई शरण दिइरहेको फिलिपिनी अधिकारीले जनाएका छन् ।
दक्षिणी फिलिपिन्समा सक्रिय इस्लामिक अतिवादी संगठनले अरब मूलका एकजना संभावित आत्मघातीलाई शरण दिइरहेको जनाएका हुन् ।
फिलिपिन्सका आन्तरिक मामिलामन्त्री एदुआर्दो एनोलाई उद्धृत गर्दै एपीले जनाएअनुसार हालै जोलो टापुमा रहेको एक ईसाई गिर्जाघरमा भएको आक्रमणमा अबु सैयाफका नेता हातिब हजान सवादजानको हात रहेको र उनले दक्षिणी फिलिपिन्सको जङ्गलमा रहेको आफ्नो शिविरमा एकजना अरब मूलका संभावित आत्मघातीलाई शरण दिइरहेका छन् ।
गत जनवरी २७ मा जोलो टापुमा रहेको क्याथोलिक ईसाईको गिर्जाघरमा बम आक्रमण हुँदा २३ जनाको ज्यान गएको थियो भने अरु दर्जनौं घाइते भएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट