टोकियो ओलम्पिक : पुरुष फूटबलको उद्घाटन खेलमा स्पेन र इजिप्टबीचको खेल जारी « Khabarhub

टोकियो ओलम्पिक : पुरुष फूटबलको उद्घाटन खेलमा स्पेन र इजिप्टबीचको खेल जारी


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष फूटबलका स्पर्धाहरु बिहीबार शुरु भएका छन् ।

१६ टिमलाई बिभिन्न ४ समूहमा विभाजन गरी बिहीबारबाट स्पर्धा शुरु भएको हो । समूह ए मा आयोजक जापानसहित फ्रान्स, मेक्सिको र साउथ अफ्रिका छन् ।

समूह बी मा दक्षिण कोरिया, न्युजिल्याण्ड, होण्डुरस र रोमानिया हुँदा समूह सी मा अर्जेन्टिना, स्पेन, ईजिप्ट र अष्ट्रेलिया छन् । समूह डी मा भने ब्राजिल, जर्मनी, आईभोरी कोष्ट र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकमा सहभागी हुने सबै पुरुष फूटबल टिम २३ वर्ष मुनिका हुनेछन् ।

पुरुष स्पर्धाको उद्घाटन खेलमा अहिले समूह सी मा स्पेन र इजिप्टबीच खेल भइरहेको छ । सोही समूहको अर्को खेलमा अपरान्ह सवा ४ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुनेछ ।

समूह ए को खेलमा दिउँसो पौने एक बजे मेक्सिको र फ्रान्सबीच खेल हुनेछ । सोही समूहको अर्को खेलमा साँझ पौने ५ बजे साउथ अफ्रिकाले आयोजक जापानको सामना गर्नेछ ।

समूह बीको खेलमा दिउँसो पौने २ बजे न्युजिल्याण्ड र दक्षिण कोरिया तथा साँझ पौने ५ बजे होण्डुरस र रोमानिया आमने सामने हुनेछन् ।

ग्रुप अफ डेथको रुपमा रहेको समूह डी को खेलमा भने दिउँसो सवा २ बजे आईभोरी कोष्ट र साउदी अरेबियाबीच खेल हुँदा साँझ सवा ५ बजे ब्राजिल र जर्मनी आमने सामने हुनेछन् ।

पुरुष फूटबलको फाइनल खेल अगष्ट ७ मा हुनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : ४७ बजे

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे