टोकियो ओलम्पिक : मेक्सिको र न्युजिल्याण्डको विजयी सुरुवात « Khabarhub

टोकियो ओलम्पिक : मेक्सिको र न्युजिल्याण्डको विजयी सुरुवात


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको पुरुष फूटबलमा मेक्सिको र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् ।

स्पेन भने इजिप्टसँग गोल रहित बराबरीमा रोकिएको छ ।

समुह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोल अन्तरमा पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा फ्रान्सले लय गुमाउन पुगेको थियो ।

४७ औं मिनेटमा इमेस्तो भेगाले मेक्सिकोका लागि खाता खोलेका थिए । ५५ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभा, ८० औं मिनेटमा कार्लोस आन्तुना र दोस्रो हाफको अतिरिक्त समयमा एदुआर्दो एग्युरेले मेक्सिकोका लागि गोल गरे । ६९ औं मिनेटमा एण्ड्री पिर्रे गिग्नाकले पेनाल्टी मार्फत फ्रान्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

समुह बी को खेलमा न्युजिल्याण्डले दक्षिण कोरियामाथि १–० गोलको साँधुरो जित निकाल्यो । न्युजिल्याडलाई पहिलो खेलमा नै ३ अंक दिलाउन ७२ औं मिनेटमा क्रिस उडले एकमात्र गोल गरे । ६३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि दक्षिण कोरियाले गोल भने फर्काउन सकेन ।

टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ । समुह सी को पहिलो खेलमा इजिप्टले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।

६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो । स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ४ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन