एमाले बैठक : पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष « Khabarhub

एमाले बैठक : पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारवाहीका बारेमा अरु निर्णय नगरिएको प्रवक्त ज्ञवालीले जानकारी दिए ।

उनले एकताका लागि चलाइएका छलफल छिटो निष्कर्षमा पुग्ने बताए ।  राष्ट्रिय राजनीतिमा देखिएका परिघटनाबाट प्रदेश सरकारलाई जोगाउन प्रयास गर्ने उनले बताए ।

यसअघि बिहीबार नै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आह्वान गरेका थिए भने एकतामा आउन चाहे माफी दिने बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : १५ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक