पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफी दिन्छौँ : ओली « Khabarhub

पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफी दिन्छौँ : ओली


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताएका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका यसअघि गरेका गल्तीलाई माफी दिने बताएका छन् ।

पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उनले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे । ओलीले कम्युनिस्ट आन्दोलन अझैपनि पूरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।

ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए । उनले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले शुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरेका थिए ।

अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसदमा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनको तर्क थियो । उनले कम्युनिसेटलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने बताए ।

पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडि बढेको भन्दै उनले अब आफूहरुले यसलाई थप मजबुद बनाउने जिकिर गरे ।

कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ०१ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक