आदिवासी रङ्गशाला निर्माण पूरा गर्न सहयोगको आश्वासन | Khabarhub Khabarhub

आदिवासी रङ्गशाला निर्माण पूरा गर्न सहयोगको आश्वासन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाइएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रङ्गशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्‍याउने आश्वासन दिनुभएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

टोलीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्र प्रदेश नं १ का सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई तथा प्रतिष्ठानका पदाधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : ०० बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने