अब अनलाइनबाटै सवारी साधनको कर भुक्तानी सेवा « Khabarhub

अब अनलाइनबाटै सवारी साधनको कर भुक्तानी सेवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी साधनको अनलाइन कर भुक्तानीका लागि वाग्मती प्रदेशमा ‘यातायात व्यवस्था सूचना प्रणाली’ को शुभारम्भ गरिएको छ ।

शुक्रबार मकवानपुरको हेटौँडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सूचना प्रणालीको शुभारम्भ गरेका हुन् । प्रणालीको शुभारम्भ भएसँगै वाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लू बुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् ।

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासनको युग शुरू भएको बताए । उनले अब विद्युतीय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको भइसकेको जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्मको सुरुङमार्गका लागि पनि टेन्डरको प्रक्रियामा जाने उनले बताए ।

वाग्मती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरूमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ । वाग्मती प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ४५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै