प्रिमियर लिग उपाधि भीडन्त– इतिहास रच्ने दाउमा लिभरपुर, ‘ट्रेबल’ को लक्षमा सिटी « Khabarhub

प्रिमियर लिग उपाधि भीडन्त– इतिहास रच्ने दाउमा लिभरपुर, ‘ट्रेबल’ को लक्षमा सिटी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि कुन क्लबले उचाल्छ भन्ने टुंगोका लागि अन्तिम चरणसम्म कुर्नु स्वभाविक जस्तै भएको छ । यो सिजनमा पनि त्यही दोहोरिएको छ । यो लगातार ८ औं सिजन हो, जहाँ विजेताको टुंगो अन्तिम खेलबाट लाग्नेछ ।

प्रिमियर लिग अन्तर्गत यो सिजनको अन्तिम खेल आज हुँदैछन् । ३७ औं चरणसम्म आइपुग्दा म्यान्चेष्टर सिटी ९५ अंकको साथ खेल तालिकाको शीर्ष स्थानमा छ भने दोश्रो स्थानको लिभरपुल सिटीभन्दा एक अंक कम ९४ अंकका साथ दोश्रो स्थानमा छ ।

आज पौने ८ बजे लिगको अन्तिम विभिन्न १० खेल त हुँदैछन् तर तीमध्ये केबल दुई खेलले यो सिजनको विजेताको टुंगो लगाउने छ । आज लिभरपुलले उल्भ्ससँग एनफिल्डमा प्रतिस्पर्धा गर्दा ब्राइटनसँग खेल्न सिटी फल्मेर पुगिसकेको छ ।

यो सिजन उपाधि जित्न दुबै क्लबलाई जित्नैपर्ने दबाब छ । हार दुबै क्लबका लागि दुर्भाग्य साबित हुनेछ । हार वा बराबरीले यो सिजनको प्रिमियर लिगको उपाधि उचाल्ने लिभरपुलको सपना चकनाचुर हुनेछ । अर्कोतर्फ, सिटीले आजको खेल हारे वा बराबरी गरे अनी एनफिल्डमा लिभरपुल विजयी भएमा लिभरपुलको भाग्य चम्किनेछ । अर्कोतर्फ सिटी र लिभरपुल दुबै पराजित भएमा साविक विजेता सिटीले लगातार दोश्रो पटक उपाधि जित्नेछ । त्यस्तै, सिटी पराजित भए र लिभरपुलले बराबरी खेलेमा गोलअन्तरका आधारमा सिटीले उपाधि उचाल्नेछ ।

म्यान्चेष्टर सिटी भने प्रिमियर लिगमा निकै नै प्रतिस्पर्धी क्लबको रुपमा रहेको छ । सिटीले यसअघि गतवर्ष बाहेक सन् २०११–१२ यता लिगको उपाधि जितेयता २०१३–१४ गरी तीनपटक उपाधि जितिसकेको छ । यो सिजन सिटीको फर्म पनि उत्कृष्ट नै रहेको छ ।

प्रिमियर लिगका पछिल्ला १३ खेलमा सिटीले शत प्रतिशत नतिजा निकालेको छ । अर्कोतर्फ सिटी यो सिजन ‘घरेलु ट्रेबल’ जित्ने अभियानका साथ अघि बढिरहेको छ । यसअघि काराबाओ कपको फाइनलमा सिटीले चेल्सीलाई पराजित गरिसकेको छ भने भने आगामी शनिबार एफए कप फाइनलमा वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियन्स लिगको कुरा गर्दा यो सिजन सिटी क्वार्टर फाइनलमा टोटन्ह्यामसँग अवे गोलमा पराजित भएको थियो । सिटीले च्याम्पियन्स लिगको उपाधि उचाल्न सकेको छैन ।

अर्कोतर्फ लिभरपुलले सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि उचालेयत उपाधि जित्न सकेको छैन । लिभरपुल इंग्लिश क्लबमध्ये सबैभन्दा अभागी क्लब मानिन्छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि लिभरपुलले उपाधि नै जित्न भने सकिरहेको छैन । प्रिमियर लिगकै कुरा गर्दा लिभरपुलले उपाधि नजितेको २९ वर्षभन्दा धेरै भइसकेको छ । लिभरपुललाई प्रिमियर लिगमा यो पाली पनि भाग्यले साथ नदिएजस्तो देखिन्छ । किनकी २८ औं चरणसम्म पनि लिभरपुल लिग लिडरको रुपमा रहेको थियो । जसलाई उसले निरन्तरता दिन सकेन ।

च्याम्पियन्स लिगको कुरा गर्दा लिभरपुल अघिल्लो वर्षजस्तै यस पटक पनि फाइनलमा पुगेको छ । बार्सिलोनालाई घरेलु मैदानमा नराम्रो मात दिएर फाइनल प्रवेश गरेको लिभरपुलले वाण्डा मेट्रोपोलिटानोमा घरेलु प्रतिद्वन्द्वी टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा त अघिल्लो वर्ष पनि प्रवेश गरेको थियो । तर, फाइनलमा स्पेनी क्लब रियल मड्रिडसँग पराजित भएपछि भने उपाधि उचाल्न सकेन ।

यो भन्दा अगाडिका ७ सिजन उपाधि छिनोफानो पनि अन्तिम चरणसम्म पुगेको थियो । यसले तर, यो सिजन भने अन्य सिजनभन्दा रोमाञ्चक छ । किनकी दुबै क्लब फर्ममा छन्, सिटीले प्रिमियर लिगका पछिल्ला १३ खेल जितेको छ भने लिभरपुलले पनि पछिल्ला ८ खेलमा शत प्रतिशत नतिजा निकालेको छ ।

प्रिमियर लिगमा जस्तो सुकै नतिजा पनि आउन सक्छ । रेलिगेसनमा संघर्ष गरिरहेको क्लबले उपाधि दाबेदार क्लबलाई रोक्नु प्रिमियर लिगमा सामान्य मानिन्छ । आज लिभरपुलले सातौं स्थानको उल्भ्स तथा सिटीले १७ स्थानमा रहेको बाइटनसँग प्रतिस्पर्धा गर्दा पनि यस्तै नतिजाको अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ३ : ३९ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन