गुरु पुर्णिमामा कसरी कम गर्ने शनिको प्रकोप | Khabarhub Khabarhub

गुरु पुर्णिमामा कसरी कम गर्ने शनिको प्रकोप


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुरुलाई सम्मान दिने र उनको आशीर्वाद पाउने पर्वका रुपमा गुरु पूर्णिमा मनाइन्छ । यस बर्षको गुरु पुर्णिमा साउन ९ गते शनिबार मनाइदै छ ।

महाभारतका रचयिता महर्षि वेद व्यासको जन्म तिथी पारेर मनाइने गुरु पुर्णिमामा आफुलाई शिक्षा, कर्म तथा ज्ञान दिने गुरुलाई सम्मान र उपहार दिदै मनाउने गरीन्छ । यस बर्षको गुरु पूर्णिमा शनिबार पर्ने भएकाले यस दिन शनि देवको पूजा गरी केहि उपाय गरेमा लाभ मिल्ने धार्मीक विश्वास छ ।

शनिको साढे साती र अढैय्याले व्यक्तिको पारिवारिक, सामाजिक, आर्थिक, भविष्य जस्ता सबै क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले निम्न उपाय अपनाउनु पर्ने धार्मीक विश्वास छ ।

– गुरु पूर्णिमाको दिन पीपलको बोटको चारैतर्फ ७ पटक परिक्रमा गरेर ऊं शं शनैश्चराय नमः मंत्र को जप गरेमा शनिको प्रकोपबाट बच्न सकिने धार्मीक विश्वास छ ।

– कालो तिल मिसाएको जलद्धारा शिवलिंगको अभिषेक गरी पूजा गरेमा शनि ग्रहको अशुभ असर कम हुने धार्मीक विश्वास छ ।

– शनिबारको दिन गरीबलाई सरस्युको तेल, फलामबाट बनेका कुनै पनि चीज, कालो दाल, कालो वस्त्र दान गरेमा लाभ मिल्ने विश्वास गरीन्छ ।

– शनिवारका दिन कालो कुकुर वा कुनै पनि कुकुरलाई सरस्युको तेलमा पकाएको रोटी ख्वाएमा समेत शनिको प्रकोपबाट बच्न सकिने धार्मीक विश्वास छ ।

– पीपलको बोटमा सरस्युको तेलमा दियो बालेमा शनिको प्रकोप कम हुने मान्यता छ । संभव भएमा शनि मन्दिरमा नै दियो बालेमा बढि लाभ पाउने धार्मीक विश्वास छ ।

– शनिबारका दिन हनुमानको मन्दिर वा प्रतिमामा दीयो बालेर हनुमान चालीसा पाठ गरेमा विशेष लाभ मिल्ने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : २९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं