गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा « Khabarhub

गुरुप्रति आस्था प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आषाढ शुक्ल पूर्णिमाको दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नास गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्नेगर्छन । यस दिन आफ्ना गुरुलाई खुसी पार्न गुरुलाई मनपर्ने कुरा दिने गरिन्छ ।

अन्धकारको नास गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणी नवलपरासीका स्वामी श्रीकृष्ण प्रपन्नाचार्य बताउँछन् ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिन्छ ।

राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्ने मुलनाराका साथ बौद्ध गुरु रानाग टुलकु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटल फोटोपत्रकारहरुलाई योग सिकाउनु हुँदै । तस्वीर : रासस

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल