‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक « Khabarhub

‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ ।

विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ ।

रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गरेको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताए ।

मृगस्थलीमा योगी नरहरिनाथले लेखेका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उनीहरूले माग गरे।

योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ०१ बजे

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।