टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा « Khabarhub

टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा इटाली र जापान एक/एक स्वर्ण तथा दुई/दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरलैण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयूनिसिया एक/एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये शनिबार सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भएका छन् । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरिन् । उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६१४ दशमलव ५ अङ्कको कीर्तिमान थियो ।

यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरिन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ३५ बजे

सभामुखलाई नीलो स्कार्प सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम

एक महिनादेखि मन्त्री कुर्दै गृह मन्त्रालय (तस्बिरहरू)

काठमाडौं– गृह मन्त्रालय जस्तो संवेदनशील र अत्यन्त महत्त्वपूर्ण मन्त्रालय एक

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत

धापवासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौं– टोखा नगरपालिका–७ स्थित धापवासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी