टोकियो ओलम्पिक : तेस्रो दिनसम्म ३७ देशलाई पदक « Khabarhub

टोकियो ओलम्पिक : तेस्रो दिनसम्म ३७ देशलाई पदक


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको तेस्रो दिन आइतबारसम्म विभिन्न ३७ देशले पदकमा आफ्नो नाम लेखाएका छन्। आइतबारसम्म २४ स्वर्ण, २४ रजत र ३० कास्य पदकको छिनोफानो भएको छ ।

५ स्वर्ण, एक रजत र ३ कास्य पदक जितेको चीन पदक तालिकाको शीर्ष स्थानमा छ ।

आयोजक जापानले ५ स्वर्ण र एक रजत, अमेरिकाले २ स्वर्ण, २ रजत र ४ कास्य तथा दक्षिण कोरियाले २ स्वर्ण र ३ कास्य पदक जितेका छन् ।

यस्तै रसियाले एक स्वर्णसहित ४ पदक, ईटलीले एक स्वर्णसहित ४ पदक, अष्ट्रेलियाले एक स्वर्णसहित ३ पदक र ट्युनिसियाले एक स्वर्णसहित २ पदक हात पारेका छन् । अष्ट्रिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाईल्याण्डले एकएक वटा स्वर्ण प्राप्त गरेका छन् ।

क्यानाडा, नेदरल्याण्स्, ब्राजिल, फ्रान्स, इण्डोनेसिया, सर्विया, बेल्जियम, बुल्गेरिया, स्पेन, जर्जिया, इण्डिया, रोमानिया र चाईनिज ताईपेईले रजतसहित पदक जितेका छन् ।

जर्मनी, काजकिस्तान, इष्टोनिया, बेलायत, इजरायल, मेक्सिको, मंगोलिया, स्लोभेनिया, स्वीट्जरल्याण्ड र युक्रेनले पनि पदकमा नाम लेखाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : २० बजे

लेनिन बिष्टको प्रश्न- सहकारी पीडितले न्याय किन पाएनन् ?

काठमाडौं– काठमाडौं- काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका