प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ ! « Khabarhub

प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ !


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा नाम चलेका व्यवसायी हुन्।

उनको जन्म २०१२ सालमा भोजपुरमा भएको हो । उनी २०४५ सालदेखि राजनीतिमा संलग्न छन् । श्रेष्ठ राजनीतिक संलग्नताको शुरूदेखि नै नेपाली कांग्रेसमा आबद्ध छन् ।

उनी पहिलो पटक दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । उनी हालको प्रतिनिधिसभामा पनि नेपाली कांग्रेसका समानुपातिक सदस्य हुन् ।

गत असार २९ गते प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाले तेह्रौँ दिनमा आइतबार श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नेपालको नाम चलेका विद्यालयमध्येको एक लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् । उक्त स्कुल सन् १९८१ मा स्थापना भएको हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष समेत हुन् ।

श्रेष्ठले शिक्षासँगै चियाखेती, जलविद्युत, अस्पताल लगायतमा लगानी गरेका छन् । काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्पतालमा श्रेष्ठको लगानी छ । तेह्रथुममा रहेको ‘सगरमाथा टी स्टेट’ मा पनि उनको लगानी छ ।

श्रेष्ठ प्रधानमन्त्री देउवाका निकटस्थ मानिन्छन् । उनी राज्यमन्त्री पदमा नियुक्त भएपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । धेरैजसो टिप्पणी नकारात्मक छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण, उपचार र खोपमा प्रभावकारी रूपमा काम गर्नुपर्ने समयमा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । यस्तो संवेदनशील समयमा मन्त्री नियुक्त गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुन थालेको थियो ।

देउवाले स्वास्थ्यमन्त्रीका रूपमा आफैँमा जिम्मेवारी रहने गरी श्रेष्ठलाई नियुक्त गरेका भए पनि व्यावहारिक रूपमा कामको जिम्मेवारी उनैले पाउने पक्का छ । प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नुपर्ने, संक्रमितहरूको उपचार गराउनु पर्ने र सबै नागरिकलाई खोप दिनुपर्ने जिम्मेवारीमा आफ्नो सारथिका रूपमा श्रेष्ठलाई रोजेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : २६ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक