महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो- फाउची « Khabarhub

महामारी नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँड्यो- फाउची


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणका मामिलामा अमेरिका “गलत दिशामा हिँडिरहेको” चेतावनी दिएका छन् ।

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढ्न थालेपछि संक्रामक रोग विशेषज्ञ फाउचीले महामारी नियन्त्रणका लागि लिइएको हालको नीतिलाई पुनर्विचार गर्नुपर्ने समेत बताएका छन् ।

सीएनएनसँगको कुराकानीमा फाउचीले खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिनु पर्ने सुझाएका छन् ।

अमेरिकामा हालसम्म कुल जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको जनाइएको छ । तर कतिपय राज्यमा खोप लगाउने दर कम हुँदा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा १३ हजार ८१८ नयाँ संक्रमित थपिएका छन् भने ४९ संक्रमितको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ३ करोड ५१ लाख ९९ हजार ४६५ जना संक्रमित भएका छन् भने ६ लाख २६ हजार ७६२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : २५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग