८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडमाथिको कारोबार | Khabarhub Khabarhub

८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडमाथिको कारोबार


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३,०५० दशमलव ४३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ८ वटा उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै ङादी पावर कम्पनीको ३९ करोड ३० लाख, हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख, एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, कृषि विकास बैंकको ३२ करोड ८५ लाख, नेपाल बैंकको ३२ करोड ३१ लाख. र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी सबैभन्दा धेरै विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो कम्पनी र ग्रिन लाइफका लगानीकर्ताले कमाएका छन् ।

आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकासका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाई धनीले गुमाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ४९ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको