हराएका बालबालिकाको उद्धार « Khabarhub

हराएका बालबालिकाको उद्धार


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ ।

कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ ।

बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरेर ल्याइएको र आजै परिवारको जिम्मा लगाइने वडाध्यक्ष तीर्थराम थारुले जानकारी दिए ।

उनीहरुसँगै बैतडी र दाङका एकएक बालक पनि सोही बालगृहमा भेटिएको बताइएको छ । हराएका तीन बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिया हुँदै भारतीय ट्रकमा बरेली पुगेका थिए ।

बरेली पुग्नुभन्दा दुईतीन किलोमिटर वरै ट्रकले झारिदिएकाले अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर मञ्चको जिम्मा लगाएको थियो ।

साथीहरुको लहलहैमा घर छाडेर जोखिमपूर्ण यात्रा गर्दै भारत पुगेका बालबालिका त्यहाँका विभिन्न शहरमा अलपत्र पर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ०० बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि