डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाइन्छ : उर्जा मन्त्री भुसाल | Khabarhub Khabarhub

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाइन्छ : उर्जा मन्त्री भुसाल


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाएर छाड्ने स्पष्ट पारेकी छन् ।

सोमबार ऊर्जा मन्त्रालयमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता १५ अर्बमाथि रहेको र जसरी पनि बक्यौता उठाउने बताएकी हुन् । उनले उत्पादनको चरणमा जान रोकिएका आयोजनालाई अघि बढाउन आफ्नो ध्यान केन्द्रीत गर्ने पनि बताइन् ।

बूढीगण्डकीलगायत आयोजनाको काम अघि बढाउने र सिँचाइको क्षेत्रमा समन्वय गरी अघि बढ्ने मन्त्री भुसालले बताइन् । त्यस्तै धेरै विद्युत उपयोग गर्ने उपभोक्तालाई सहुलियत दिनेतर्फ अघि बढ्नुपर्ने धारणा राखिन् । आयोजनाको निर्माण र प्रसारणलाइन विस्तार द्रुतगतिमा अघि बढाइने उनको भनाइ थियो ।

उनले यसअघिका मन्त्रीहरुले गरेका काम र आवश्यक नीतिलाई निरन्ता दिने जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : १५ बजे

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि