खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव हुन नदिने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताएका हुन् ।

उनले अनुदानका लागि सम्झौताको तयारी भइरहेको पनि बताए । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे ।

उनले अहिलेको पहिलो प्राथमिकताका भनेको खोप भएकाले कम्तीमा पनि ६० प्रतिशत जनतालाई खोप लगाउनुपर्ने बताए । कोरोनाको तेस्रो लहरको जोखिमको तयारी पनि शुरु भइसकेको उनले बताए ।

त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेको र सबै सचेत हुनुपर्ने बताए । कोरोना संक्रमण केही संख्यामा घटेको देखेपनि फेरि बढ्न सक्ने आंकलन रहेको उनको भनाइ छ । उनले पर्याप्त खोपका लागि सरकारले सबै विकल्पलाई खुला राखेको जिकिर गरे ।

बैठकमा सांसदहरुले सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने बताएका थिए ।

मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जनाएको छ भने आगामी मंसिरसम्म २ लाख नयाँ संक्रमित थपिने समेत प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४५ बजे

ऊर्जा उत्पादकले ‘सांसदलाई नेटवर्थबारे थाहै छैन’ भनेपछि…

काठमाडौं – गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार

जुम्लाका आठ हजार बढी छात्रालाई एचपीभी खोप लगाइने 

जुम्ला– जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से 

काठमाडौं– शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज