भ्रष्टाचार रोक्न बिना खल्तीको प्रहरी पोशाक « Khabarhub

भ्रष्टाचार रोक्न बिना खल्तीको प्रहरी पोशाक


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केन्या– विश्वका विभिन्न मुलुकमा प्रहरीले जनताबाट घुस खाने गरेको वा पैसा अशुल्ने गरेका समाचार आइरहन्छन् । खासगरी विकाशोन्मुख मुलुकका प्रहरी संगठनमा यो निकै विकराल समस्याको रुपमा रहेको छ ।

यसलाई कसरी कम गर्ने भन्नेमा बहस पनि हुने गरेको छ । तर, यसलाई न्यूनीकरण गर्न केन्या सरकारले नयाँ र अनौठो योजना अघि सारेको छ । केन्या सरकारले अघि सारेको यो योजना अनुसार अब प्रहरीको पोसाकबाट खल्ती हटाइने छ । जनतालाई मार पर्नेगरी प्रहरीले खुलेआम घुस अशुल्न थालेपछि सरकारले प्रहरीका नयाँ पोसाकमा खल्ती नराख्ने योजना ल्याएको हो । राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत प्रहरीको पोसाकमा खल्ती नराखिने जनाइएको छ ।

पछिल्लो केही समययता प्रहरीले बीचबाटोमै खुल्लमखुल्ला घुस खाने गरेको उजुरी बढ्दै गएको अधिकारीले जनाएका छन् । यससँगै पोसाकमा खल्ती नभएपछि प्रहरीले अशुलेको घुस राख्न ठाउँ नहुने र यसबाट भ्रष्टाचार कम हुने विश्वास लिइएको छ ।

यता पछिल्लो योजनाले सारा प्रहरीको छविमाथि नै आँच आउने भन्दै प्रहरीहरुले विरोध जनाएका छन् । केही भ्रष्ट प्रहरीले गरेको अपराधको सजाय पोसाकबाट खल्ती हटाएर सबै प्रहरीलाई दिन नहुने उनीहरुको भनाइ छ । त्यसबाहेक पोसाकमा राखिने खल्तीले सुन्दरतालाई समेत बढाउने प्रहरीको तर्क छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ३८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको