भ्रष्टाचार रोक्न बिना खल्तीको प्रहरी पोशाक « Khabarhub

भ्रष्टाचार रोक्न बिना खल्तीको प्रहरी पोशाक


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केन्या– विश्वका विभिन्न मुलुकमा प्रहरीले जनताबाट घुस खाने गरेको वा पैसा अशुल्ने गरेका समाचार आइरहन्छन् । खासगरी विकाशोन्मुख मुलुकका प्रहरी संगठनमा यो निकै विकराल समस्याको रुपमा रहेको छ ।

यसलाई कसरी कम गर्ने भन्नेमा बहस पनि हुने गरेको छ । तर, यसलाई न्यूनीकरण गर्न केन्या सरकारले नयाँ र अनौठो योजना अघि सारेको छ । केन्या सरकारले अघि सारेको यो योजना अनुसार अब प्रहरीको पोसाकबाट खल्ती हटाइने छ । जनतालाई मार पर्नेगरी प्रहरीले खुलेआम घुस अशुल्न थालेपछि सरकारले प्रहरीका नयाँ पोसाकमा खल्ती नराख्ने योजना ल्याएको हो । राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत प्रहरीको पोसाकमा खल्ती नराखिने जनाइएको छ ।

पछिल्लो केही समययता प्रहरीले बीचबाटोमै खुल्लमखुल्ला घुस खाने गरेको उजुरी बढ्दै गएको अधिकारीले जनाएका छन् । यससँगै पोसाकमा खल्ती नभएपछि प्रहरीले अशुलेको घुस राख्न ठाउँ नहुने र यसबाट भ्रष्टाचार कम हुने विश्वास लिइएको छ ।

यता पछिल्लो योजनाले सारा प्रहरीको छविमाथि नै आँच आउने भन्दै प्रहरीहरुले विरोध जनाएका छन् । केही भ्रष्ट प्रहरीले गरेको अपराधको सजाय पोसाकबाट खल्ती हटाएर सबै प्रहरीलाई दिन नहुने उनीहरुको भनाइ छ । त्यसबाहेक पोसाकमा राखिने खल्तीले सुन्दरतालाई समेत बढाउने प्रहरीको तर्क छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ३८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील