प्रोग्रेसिभ फाइनान्सद्वारा 'ऋण अटोमेसन' प्रणाली शुरु | Khabarhub Khabarhub

प्रोग्रेसिभ फाइनान्सद्वारा ‘ऋण अटोमेसन’ प्रणाली शुरु


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिको भगिनी संस्था डिजिहब प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ।

यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने कम्पनीले जनाएको छ। प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ।

यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने कम्पनीको भनाइ छ। ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ।

यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ। यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्।

प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो। संस्थाका लगभग १ लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढी शाखाहरु रहेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : २६ बजे

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

गण्डकी– पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन

आयोगमा पुगेर सुधनले भने- हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म

सरकारले देशलाई चुनावतर्फ लाँदैन, प्रतिनिधिसभा फर्काउनै पर्छ : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ

कुरौनीबाट आत्मनिर्भर बन्दै नवलपुरका रेश्मराज

नारायणगढ– नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा हाल ललितपुको