टोकियो ओलम्पिक : मङ्गलबार पनि अमेरिका, जापान र चीनमाथि चासो « Khabarhub

टोकियो ओलम्पिक : मङ्गलबार पनि अमेरिका, जापान र चीनमाथि चासो


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा सोमबार डाइभिङमा चीनको हार, सुटिङमा आधा स्पर्धा सकिँदा अमेरिकाको प्रभाव, महिला जिम्न्यास्टिकमा अमेरिकामाथि रुसी ओलम्पिक कमिटीको अग्रताका समाचार प्रमुख बने ।

बास्केटबलमा अमेरिकाको फ्रान्ससँगको हार र अमेरिकी महिला फुटबल टोलीको स्विडेनसँगको फराकिलो हार लगायत धेरैले अनुमान नगरेको दृष्य जापानको टोकियोमा जारी ओलम्पिकमा देखिएका छन् । सोमबार स्केट बोर्डिङमा १३ वर्षीय जापानीले स्वर्ण पदक जितेकी छिन् ।

जापानले नै चीनलाई हराउँदै टेबल टेनिसको स्वर्ण जित्नु अर्को आश्चर्य पनि यसै ओलम्पिकमा देखिएको छ ।

अप्रत्याशित रूपमा रुसको टोलीभन्दा पछि परेको सिमोन वाइल्स नेतृत्वको अमेरिकाले महिला टिम स्पर्धामा त्यो अग्रता पार गर्दै स्वर्ण जित्न सक्छ कि सक्दैन भन्ने धेरैको चासो रहेको छ । मङ्गलबारको सबैभन्दा प्रमुख प्रतिस्पर्धाको रूपमा यसैलाई हेरिएको छ ।

जापान र अमेरिका बीच सफ्टबलको फाइनल हुनेछ । यसलाई पनि उत्तिकै चासोको साथ हेरिएको छ । मङ्गलबार नै महिला कायाकको फाइनल हुनेछ । माउन्टेन बाइकको महिला क्रस कन्ट्रीको पदकको टुङ्गो पनि मङ्गलबार नै लाग्ने छ । डाइभिङमा महिला १० मिटर सिन्क्रोफाइज्ड प्लेटफर्मको पदकको टुङ्गो लाग्नेछ ।

इक्वेस्ट्रियनको ड्रेसेज टिम ग्रान्ड प्रिक्सको भिडन्त हुनेछ । फेन्सिङमा महिला एपे टिम इभेन्टको भिडन्त हुनेछ । जुडोमा पुरुष ८१ किलो र महिला ६३ किलो तौल समूहको टुङ्गो लाग्नेछ ।

सुटिङमा १० मिटर एयर राइफल र एयर पिस्तोलकै टिम स्पर्धाका फाइनल खेल हुने छ । मङ्गलबार सर्फिङमा पनि महिला र पुरुषतर्फको पदकको टुङ्गो लाग्नेछ ।

पौडीमा पुरुष २०० मिटर फ्रिस्टाइल, महिला १०० मिटर ब्याकस्ट्रोक, पुरुष १०० मिटर ब्याकस्ट्रोकको भिडन्त फाइनल हुनेछ । महिला ब्याकस्ट्रोकमा विश्व कीर्तिमान धारी केली म्याककोनले स्वर्ण पदक जित्ने अनुमान गरिएको छ ।

महिला ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान धारी लिली किङलाई बलियो मानिए पनि हिट चरण र सेमिफाइनलमा उनीभन्दा दक्षिण अफ्रिकाकी टाटीयाना सुमाकर बलियो देखिए पछि अमेरिकी वृत्तमा आशङ्का पलाएको छ । अन्य दुई स्पर्धाको उपाधि भिडन्त खुला मानिएको छ ।

तेक्वान्दोमा महिला ६७ किलो भन्दा माथि तथा पुरुषमा ८० किलोभन्दा माथिको भिडन्त हुनेछ ।

ट्रायथलनमा महिला एकलको पनि मङ्गलबार नै पदकको टुङ्गो लाग्नेछ । भारोत्तोलनको महिला ५९–६४ किलोको प्रतिस्पर्धा हुनेछ ।

मङ्गलबार हुने सुटिङमा महिलाको टिममा प्रतियोगिता अगाडि मानु भाकर र सौरभ चौधरीको जोडीलाई बलियो मानिएको थियो । प्रतियोगिताको एकल स्पर्धामा उनीहरूले कमजोर प्रदर्शन गरेपछि टिममा सफलता पाउने कुरामा शङ्का उत्पन्न भएको छ ।

दुई चिनियाँ टोलीलाई बलियो मानिएको छ । राइफलमा पनि चीन र अमेरिकालाई बलियो मानिएको छ ।

फेन्सिङको टिम एपेमा चीन बलियो टोलीको रूपमा रहेको छ । चीनसँग इटाली र इस्टोनियाको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पौडीको हकमा रुसी ओलम्पिक कमिटीका प्रतिनिधित्व गरी रहेका क्लेमेन्ट कलेसिभ र अमेरिकाका रैन मर्फीको बीचमा हुने प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

मङ्गलबार हुने तेक्वान्दोमा दक्षिण कोरिया तथा जुडोमा जापान नै हाबी हुने अनुमान गरिएको छ । बक्सिङका धेरै तौल समूहका प्रिक्वार्टर फाइनल खेल पनि मङ्गलबार हुने छन् । साथमा मङ्गलबार धेरै टिम गेमका पहिलो चरणका खेल हुने छन् ।

यी यावत भिडन्तको अनुमान गर्ने हो अमेरिका, चीन र जापान मङ्गलबारको समाप्तिमा पनि हाराहारीमै रहने छन् ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थली– जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि