२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत | Khabarhub Khabarhub

२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत



काठमाडौँ- गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए:

“मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । १७ साल पछि आएर नक्सा (जारी) गर्दा त्यो चुच्चे छैन । उहाँ (ओली) ले फर्काएर ल्याउनुभो ।”

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै उनले यो दाबी गरेका थिए ।

सौरभको दाबी सही हो कि होइन भन्ने पत्ता लगाउन साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

विसं २०१५ अर्थात् सन् १९५८ र १९५९ मा छापिएका हुलाक टिकटहरु

हुलाक सेवा विभाग अन्तर्गतको फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागका अनुसार विक्रम सम्वत २०१५ साल अर्थात् सन् १९५८ मा प्रकाशित दुई हुलाक टिकटमा नेपालको नक्सा प्रयोग गरिएको छैन । तिनमा काठमाडौँको आकाशमा चरा उडिरहेको चित्र भएको नेपालको पहिलो एयरमेल (हवाइ पत्र ) र मानव अधिकार दिवसको उपलक्ष्यमा प्रकाशित लुम्बिनी मन्दिरको चित्र भएको टिकट पर्दछन् । सन् १९५९ को फेब्रुअरीमा प्रकाशित पहिलो आम निर्वाचनसम्बन्धी हुलाक टिकटमा नेपालको नक्सा र झण्डा छ तर चुच्चे नक्सा छैन । सोही साल प्रकाशित अन्य हुलाक टिकटमा पनि नेपालको नक्सा छैन । सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटमा नेपालको नक्सा छ तर चुच्चे नक्सा छैन ।

यो विवरण हामीले फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागमा उपलब्ध ‘नेपाल पोस्टेज स्ट्याम्प क्याट्लग १८८१-२०१५’ शीर्षक पुस्तकबाट लिएका हौँ।

माथिका विवरणहरुको पुष्टि नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले पनि गरे । यसर्थ विक्रम सम्वत २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा भएको लेखक सौरभको दाबी गलत ठहर्छ ।

         सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटहरु (तल)
पढ्नुहाेस्, सामाजिक सञ्जालमा भाइरल नेपालको नक्साको यथार्थ

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ०४ बजे

अमेरिकी राजदूत जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’

टोकियो- जापानी वाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका

जब ओली सरकारलाई गगनले ‘ट्याक्टर’ भने…

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अनेक आलोचनाका बीच प्रधानमन्त्री

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी

अर्घाखाँची– जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र

शिक्षकले सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– देशभरका शिक्षकहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको