‘प्रचण्ड’ को हत्या गर्न खोजेको छैन– विप्लव « Khabarhub

‘प्रचण्ड’ को हत्या गर्न खोजेको छैन– विप्लव


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज वैशाख ३० गते सोमबार । आज प्रकाशित अन्नपूर्ण पोस्टले मध्य पृष्ठमा प्रतिवन्धित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को अन्तर्वार्ता प्रकाशन गरेको छ ।

अन्तर्वार्तामा भनिएको छ–प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । ‘यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, उनले भने, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेतालाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

केही समय अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विप्लव नेतृत्वको नेकपाले मार्ने योजना बनाएको गोप्य सूचना आफूले पाएको भन्दै सार्वजनिक रुपमा भाषण गरेका थिए । त्यसै कारण विप्लव माथि प्रतिबन्ध लगाइएको हुनसक्ने आकलनहरु भएका थिए । तर यसलाई विप्लवले भने अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : ५८ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई