‘प्रचण्ड’ को हत्या गर्न खोजेको छैन– विप्लव « Khabarhub

‘प्रचण्ड’ को हत्या गर्न खोजेको छैन– विप्लव


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज वैशाख ३० गते सोमबार । आज प्रकाशित अन्नपूर्ण पोस्टले मध्य पृष्ठमा प्रतिवन्धित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को अन्तर्वार्ता प्रकाशन गरेको छ ।

अन्तर्वार्तामा भनिएको छ–प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । ‘यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, उनले भने, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेतालाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’

केही समय अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विप्लव नेतृत्वको नेकपाले मार्ने योजना बनाएको गोप्य सूचना आफूले पाएको भन्दै सार्वजनिक रुपमा भाषण गरेका थिए । त्यसै कारण विप्लव माथि प्रतिबन्ध लगाइएको हुनसक्ने आकलनहरु भएका थिए । तर यसलाई विप्लवले भने अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : ५८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी