बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।

यता चाँदीको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १ : १० बजे

एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको

सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर