१५ अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार « Khabarhub

१५ अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ ।

आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनकिो २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २५ करोड ४३ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ७५ लाख र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रडी हाइड्रोपावर, जीवन विकास लघुवित्तका र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ३४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन