जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने | Khabarhub Khabarhub

जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उनले बतए ।

यसैगरी बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताए ।

उनले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफै आधिकारीक पक्षमा नआएको जिकिर गरे । उनले सरकारमा जाने बिषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ६ : ४१ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको