धनुषामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते « Khabarhub

धनुषामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपरधाम– धनुषामा आज बिहान सवारी दुर्घटना भएको छ । लछमिनिया गाउँपालिका ४ सपहीमा स्कारपियो दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा खसेर ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । यो सवारी सरकारी नम्बर प्लेटको छ ।

दुर्घटनामा परी महोत्तरीको भंगहा नगरपालिका वडा नं.९ बस्ने दीपक यादवको मृत्यु भएको छ। उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । घाइतेको नाम खुल्न बाँकी छ ।
रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ४० बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल