डिज्नेविरुद्ध स्कारलेटको मुद्धा « Khabarhub

डिज्नेविरुद्ध स्कारलेटको मुद्धा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– मार्वल सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्ने कम्पनीविरुद्ध मुद्धा दर्ता गराएकी छन् । उनले कम्पनीले आफूमाथि गरेको सम्झौता तोडेको आरोप लगाएकी छन् ।

लसएञ्जल्स सुपेरियर कोर्टमा दर्ता गरिएको मुद्दामा ‘ब्ल्याक विडो’को दोहोरो रिलिज रणनीतिले स्कारलेटको क्षतिपूर्तिलाई कम गरेको उल्लेख गरिएको छ । जुन आंशिक रुपले बक्सअफिसको रिपोर्टमा आधारित थियो ।

स्कारलेटलाई फिल्म विशेष रुपमा थिएटरमा रिलिज गर्ने निर्माताले ग्यारेन्टी दिए पनि फिल्म गत जुलाई ९ मा थिएटर र डिज्नीमा एकसाथ रिलिज भएको थियो ।

डिज्नेले कोभिड महामारीको समयमा केही फिल्मका लागि हाइब्रिड पेटर्नको टेस्टिङ गरेको थियो । किनकी कम्पनी आफ्नो स्ट्रीमिङ सेवालाई बढावा दिने प्रयास गरिरहेको थियो । जबकी महामारीका कारण विश्वभरका धेरै थिएटर अझै बन्द छन् ।

जोहानसनका अनुसार उनका प्रतिनिधिले यो मुद्धालाई समाधान गर्नका लागि डिज्नेसँग सम्पर्क गरे पनि डिज्नीले यो विषयमा चासो दिएको छैन । स्कारलेट सन् २०१८ र सन् २०१९ मा फोब्र्स पत्रिकाले बनाएको विश्वको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा परेकी थिइन् ।

उनको प्री–ट्याक्स आम्दानी जुन २०१८ देखि जुन २०१९ सम्म कुल आम्दानी ५६ मिलियन डलर थियो । जोहानसनले मार्वलको नौं फिल्ममा यो भूमिका निभाएकी हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ५९ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब