लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनले कार्यभार सम्हाले, सरकारद्वारा बेवास्ता | Khabarhub Khabarhub

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनले कार्यभार सम्हाले, सरकारद्वारा बेवास्ता


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज कार्यभार सम्हालेका छन् । संघीय राजधानी काठमाडौँबाट बुटवल आएका उनले प्रदेशको मुकाम बुटवलमा कार्यकार सम्हालेका हुन् । प्रदेश प्रमुख शेरचनको स्वागतलाई प्रदेश सरकारले भने बेवास्ता गरेको पाइएको छ ।

प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए भने नेपाली सेनाले सलामी दिएको थियो । तर प्रदेश प्रमुखको स्वागतमा सरकारका कोही पनि मन्त्री पुगेनन् । यस अघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केशी पुगेका थिए । यस्तै, बिदाइमा मुख्यमन्त्री शंकर पोखरेल स्वयम्: उपस्थित थिए

पदबहाल गर्दै शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको सुनाए । संविधानको पालना गर्दै काम गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन हुन्न ।’ शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने बताए । उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘मैले कहिल्यै कसैसँग पद मागिन, यतिबेला लुम्बिनीमा आवश्यकता देखेर पठाईएको छ ।’

गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख भएका शेरचनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । उनले उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने बताए । डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने शेरचने बताए ।

तर नयाँ प्रदेश प्रमुखको स्वागत हुँदा उनी नेतृत्वको सरकारका कोही पनि मन्त्री पुगेनन् । मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सबै मन्त्री थिए । त्यहाँ समीक्षा बैठक चलिरहेको छ । तर १०० मिटरभित्रैको दूरीमा रहेको प्रदेश प्रमुखको कार्यालयमा स्वागतको लागि गएनन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ३० बजे

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका