राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी « Khabarhub

राजकुमारको फिल्ममा शाहरुख–काजोल आप्रवासी जोडी


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड फिल्म ‘कुछ–कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ जस्ता फिल्ममा रोमान्स गरेका अभिनेता शाहरुख खान र अभिनेत्री काजोल बलिउडको रुचाइएको जोडीमा पर्दछन् ।

अब यो जोडी चाँडै नै निर्देशक तथा निर्माता राजकुमार हिरानीको फिल्ममा आफ्नो रोमान्टिक छापलाई पुनः दर्शकमाझ देखाउदैछन् । राजकुमार आप्रवासी सम्बन्धी एक फिल्म बनाउदैछन् । जसमा शाहरुख खान आप्रवासीको प्रमुख भूमिकामा देखिनेछन् । जहाँ काजोल शाहरुखको पत्नीको भूमिकामा हुनेछिन् । फिल्ममा उनीहरुबाहेक अन्य ठूला अनुहार पनि हुनेछन् ।

आई फ्री प्रेस जर्नलका अनुसार हिरानीको नयाँ फिल्म सामाजिक कमेडीमा आधारित हुनेछ । फिल्मले परिवारसँग पञ्जाबबाट क्यानाडा यात्रामा निस्किएको एक आप्रवासीको कथा देखाउनेछ ।

फिल्ममा प्रवासीको भूमिकामा शाहरुख र काजोल हुनेछन् । शाहरुखको आप्रवासी यात्राको रिपोर्ट बनाउने रिपोर्टरको चरित्रमा तापसी पन्नुलाई प्रस्ताव गरिएको छ । फिल्ममा विद्या वालनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ । शाहरुखको यात्रामा विद्याले उनलाई सघाउनेछिन् ।

फिल्मका लागि शाहरुख अनुबन्धित भइसकेका छन् । जबकी अन्य तीन प्रमुख कलाकारको फाइनल हुन बाँकी छ । उनीहरुसँग हाल कुराकानी चरणमा छ । सबै कलाकारको फाइनल भएपछि निर्माण समूहले फिल्मको आधिकारिक घोषणा गर्नेछन् ।

फिल्म राजकुमार हिरानी र शाहरुखको रेड चिल्ली प्रोडक्सनले निर्माण गर्दैछन् । फिल्मको सुटिङ सन् २०२२ को अप्रिलसम्म सुरु हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ३२ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब