टोकियो ओलम्पिक : आज चीनको प्रभाव घट्ने सम्भावना « Khabarhub

टोकियो ओलम्पिक : आज चीनको प्रभाव घट्ने सम्भावना


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा आज शनिबार पनि एथ्लेटिक्स र पौडीकै स्पर्धा हुनेछन् ।

शुक्रबार पछाडि धकेलिएको अमेरिकालाई  यो स्पर्धाले पनि उकास्ने छैन । एथ्लेटिक्समा स्वर्ण पदकको दाबेदार मानिएको मिश्रित ४ गुण ४ सय मिटर रिलेमा अमेरिका शुक्रबार डिस्क्वालिफाइड भएको छ । सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्ने अनुमान गरिएकी साकारी रिचर्डसन डोपिङमा परेका कारण जमैकाका स्प्रिन्ट  क्वीन  सानी अल फ्रेजियरले स्वर्ण पदक जित्ने सम्भावना प्रबल रहेको छ ।

पुरुषको डिस्कस थ्रोमा स्विडेन बलियो दाबेदार मानिएका छन् ।

पौडीको महिला दुई सय मिटर ब्याकस्ट्रोकमा अस्ट्रलियाकी केली म्याककोनले स्वर्ण पदक जित्ने निश्चित मानिएको छ ।

पुरुष सय मिटर बटरफ्लाइमा केलेब ड्रेसल स्वर्ण पदकका दाबेदार रहेका छन् । यस स्पर्धामा हङ्गेरीका क्रिस्टोफर मिलाकले ड्रेसेलको कडा  चुनौती रहने छन् ।

महिला ८ सय मिटर फ्री स्टाइलमा ४ सय मिटर फ्री स्टाइलकी विजेता अस्ट्रेलियाकी एरियन टिटमसले १५ सय की विजेता केट्टी लेडेकीलाई कडा चुनौती दिने र यो हेर्न लायक रेस हुन अपेक्षा गरिएको छ । सोही स्पर्धामा अमेरिकाकी १६ वर्षीया केटी ग्रिम्सले गर्ने प्रदर्शन पनि हेर्न लायकको हुनेछ ।

पहिलो पटक समावेश मिक्स मेड्लीमा अमेरिकाका पुरुष ब्रेस्टस्टोक र महिला फ्री स्टाइलमा पौडीबाज खराब लयमा रहेपछि बेलायत स्वर्ण पदकको दाबेदारको रूपमा रहेको  छ । अनपेक्षित प्रदर्शन गरिरहेको चीन र अस्ट्रेलियाले पनि चुनौती दिने छन् ।

आर्चरीमा पुरुष एकलको फाइनल हुन छ  । सो स्पर्धामा दक्षिण कोरिया स्वर्ण पदकको दाबेदार मानिएको छ ।

ब्याडमिन्टनको पुरुष युगलको फाइनल स्पर्धा हुनेछ । फाइनलमा चिनियाँ जोडी र चाइनिज ताइपेईको जोडीका बीच खेल हुनेछ ।

फेन्सिङको महिला  टिम साब्रेको पदकको  टुङ्गो  लाग्नेछ । जुडोको मिश्रित टिमको फाइनल खेल हुँदै छ । आयोजक जापान यसको मुख्य दाबेदार रहेको छ ।

महिला रग्बीको  सेमिफाइनल र फाइनल हुनेछ  । सेमिफाइनलमा न्यु जिल्यान्ड र फिजी तथा बेलायत र फ्रान्सका बीचमा खेल हुनेछ ।

सेलिङको महिला र पुरुष विन्ड रफको पदक टुङ्गो लाग्नेछ ।

सुटिङमा मिश्रित  ट्यापको पदकको टुङ्गो लाग्ने छ । साथमा ५० मिटर थ्री पोजिसन राइफलको पनि  पदकको टुङ्गो  लाग्नेछ ।

टेनिसको  महिला एकलको पदकको  टुङ्गो लाग्नेछ । चेक गणतन्त्रकी भान्डोरुसा मार्केटा र स्विट्जरल्यान्डकी बेनकिक बेल्डिनाको बीचमा खेल हुनेछ ।

ट्रयपलोइन  जिम्न्यास्टिकको पुरुष स्पर्धाको पदकको टुङ्गो लाग्नेछ । यस स्पर्धामा चीन  उपाधिको  दाबेदार मानिएको छ ।

ट्रायथलनको मिक्स रिले पनि शनिबार आयोजना  हुनेछ । भारोत्तोलनको पुरुष ८१ र ९६  किलो तौल समूहको फाइनल हुनेछ । यी स्पर्धामा चीन बलियो मानिएको छ ।

शनिबार पनि चीनले अमेरिका स्वर्ण पदकमा अझ पछि छाड्ने अनुमान गरिएको छ । यस पछि भारोत्तोलनका तीन स्पर्धामा चीनलाई स्वर्ण पदकको दाबेदार मानिएको छ भने टेबल टेनिस, ब्याडमिन्टन र डाइभिङका केही स्वर्ण पदक बाँकी रहनेछन् ।

यी दुई  बीच उपाधिको फैसला टिम गेम र कुस्तीमा अमेरिकाले पाउने सफलतामा  निर्भर रहने  देखिन्छ ।

–एसेन्सीहरूको सहयोगमा

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : १० बजे

१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १