सामन्थाले थर हटाउदा खैलाबैला « Khabarhub

सामन्थाले थर हटाउदा खैलाबैला


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनीले हालै मात्र सामाजिक सञ्जालबाट आफ्नो ‘थर’ हटाएकी छन् । जसकारण उनका फ्यानमाझ विशेष चासो बढेको छ ।

सामन्था टलिउड सुपरस्टार नागार्जुनकी बुहारी हुन् । उनले सन् २००७ मा आफ्नो फिल्मको सुरुवात नागार्जुनको जेठा छोरा र अभिनेता नागा चैतन्यको फिल्म ‘ये माया चेस्वा’बाट गरेकी थिइन् । यो फिल्म सुपरहिट भएपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

नागा र सामन्थाले चार वर्ष अघि सन् २०१७ मा धुमधामका साथ विवाह गरे । विवाह पछि यी सुन्दरीले आफ्नो नाम पछाडि रहेको थर रुथ प्रभुको स्थानमा अक्किनेनी राखिन् । तर अहिले अचानक अभिनेत्रीले ट्वीटर र इन्स्टाग्रामबाट आफ्नो थर मात्र होइन, नाम नै हटाएकी छन् । उनले यसको स्थानमा अंग्रेजीको ‘एस’ मात्र लेखेकी छन् ।

अभिनेत्रीले नाम र थर नै किन हटाइन् भन्ने जिज्ञासा फिल्मकर्मीसँगै दर्शकमा पनि उत्तिकै छ । कतिपयले कतै उनको नागासँगको सम्बन्धमा खटपट त भएको होइन भन्ने आशंका पनि गरेका छन् ।

व्यावसायिक प्रवद्र्धनमा उत्तिकै सक्रिय रहने यी अभिनेत्रीले यही कामका लागि कतै नाम र थर हटाएको त होइन् भन्ने अड्कलबाजी पनि छ । उनको क्लोथिङ ब्राण्ड साकी निकै चर्चामा छन् ।

सामन्थाको कामको कुरा गर्दा मनोज बाजपेयी स्टारर वेब सिरिज ‘द फेमिली मेन २’को हिस्सा भएर पेन इण्डिया अडियन्समा आफ्नो पहुँच बढाएकी छन् । उनी चाँडै ‘शाकुन्तलम’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : १५ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली