शाहरुखको करियर बचाउन एक्सन सिक्दै दीपिका « Khabarhub

शाहरुखको करियर बचाउन एक्सन सिक्दै दीपिका


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान हालका दिनमा आफ्नो नयाँ फिल्म ‘पठान’का कारण चर्चामा छन् । उनका फ्यान शाहरुखको यो एक्सनपूर्ण फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सनपूर्ण दर्शकले हेर्न पाउनेछन् । यसका लागि उनले निकै कडा किसिमको प्रशिक्षण लिइरहेकी छन् । बलिउडको कुनै फिल्ममा दीपिका पहिलोपटक एक्सनप्याक्ड अवतारमा देखिन लागेकी हुन् ।

फिल्ममा एक्सन दृश्यलाई उत्कृष्ट बनाउन दीपिका दिनरात नभनीकन मेहनत गरिरहेकी छन् । दीपिका यो समयमा अन्य केही फिल्मको सुटिङमा व्यस्त भए पनि फुर्सद मिल्नासाथ ‘पठान’का लागि तालिम लिन समय छुट्याउछिन् । उनी यो फिल्मकै लागि दैनिक दुई घण्टा तालिम लिइरहेकी छन् ।

दीपिका सातामा ६ दिन तालिम लिन्छिन् । तालिमको समयमा उनी योगा पनि गर्छिन् । यसबाहेक विशेष किसिमको डाइटको तालिका छँदैछ । उनलाई केही समय अघि कोरोना संक्रमण भए पनि त्यसबाट स्वस्थ भएर उनी आफ्नो फिटनेस र स्वास्थ्यमा पूर्ण ध्यान दिइरहेकी छन् ।

कतिपयले दीपिकाको यो मेहनतको अर्थ शाहरुखको करियरसँग जोडेका छन् । पछिल्लो दशकलाई हेर्ने हो भने शाहरुख अभिनित केही फिल्मबाहेक धेरै फिल्मले उनको करियरलाई संकटपूर्ण अवस्थामा पुर्याएको छ । त्यसकारण पनि फिल्म विश्लेषकको बुझाईमा शाहरुखको करियर थमौती गर्न दीपिकाले मेहनत गरिरहेकी छन् ।

दीपिका ‘पठान’ पछि शकुन बत्राको नयाँ फिल्ममा देखिँदैछिन् । यसबाहेक उनी ‘८३’, ‘महाभारत’, ‘नाग अश्विन’मार्फत दर्शकमाझ आउदैछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ४५ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब