शाहरुखको करियर बचाउन एक्सन सिक्दै दीपिका « Khabarhub

शाहरुखको करियर बचाउन एक्सन सिक्दै दीपिका


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान हालका दिनमा आफ्नो नयाँ फिल्म ‘पठान’का कारण चर्चामा छन् । उनका फ्यान शाहरुखको यो एक्सनपूर्ण फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सनपूर्ण दर्शकले हेर्न पाउनेछन् । यसका लागि उनले निकै कडा किसिमको प्रशिक्षण लिइरहेकी छन् । बलिउडको कुनै फिल्ममा दीपिका पहिलोपटक एक्सनप्याक्ड अवतारमा देखिन लागेकी हुन् ।

फिल्ममा एक्सन दृश्यलाई उत्कृष्ट बनाउन दीपिका दिनरात नभनीकन मेहनत गरिरहेकी छन् । दीपिका यो समयमा अन्य केही फिल्मको सुटिङमा व्यस्त भए पनि फुर्सद मिल्नासाथ ‘पठान’का लागि तालिम लिन समय छुट्याउछिन् । उनी यो फिल्मकै लागि दैनिक दुई घण्टा तालिम लिइरहेकी छन् ।

दीपिका सातामा ६ दिन तालिम लिन्छिन् । तालिमको समयमा उनी योगा पनि गर्छिन् । यसबाहेक विशेष किसिमको डाइटको तालिका छँदैछ । उनलाई केही समय अघि कोरोना संक्रमण भए पनि त्यसबाट स्वस्थ भएर उनी आफ्नो फिटनेस र स्वास्थ्यमा पूर्ण ध्यान दिइरहेकी छन् ।

कतिपयले दीपिकाको यो मेहनतको अर्थ शाहरुखको करियरसँग जोडेका छन् । पछिल्लो दशकलाई हेर्ने हो भने शाहरुख अभिनित केही फिल्मबाहेक धेरै फिल्मले उनको करियरलाई संकटपूर्ण अवस्थामा पुर्याएको छ । त्यसकारण पनि फिल्म विश्लेषकको बुझाईमा शाहरुखको करियर थमौती गर्न दीपिकाले मेहनत गरिरहेकी छन् ।

दीपिका ‘पठान’ पछि शकुन बत्राको नयाँ फिल्ममा देखिँदैछिन् । यसबाहेक उनी ‘८३’, ‘महाभारत’, ‘नाग अश्विन’मार्फत दर्शकमाझ आउदैछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै