मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण « Khabarhub

मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रेस स्वतन्त्रता विरोधी प्रावधान समेटिएको भनिएको मिडिया काउन्सिल विधेयक रोक्नका लागि नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ ।

जवाफमा सभामुख महराले विधेयकका सम्बन्धमा सञ्चारमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

सोमबार पत्रकार महासंघको टोली सभामुख महरालाई भेटेर विधेयक रोक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत एवम् पत्रकार तथा सञ्चारकर्मीलाई जरिवाना र काउन्सिललाई सरकारले निर्देशन दिनसक्ने भनि गरिएको व्यवस्था हटाउनुपर्ने माग राखे ।

यस्तो व्यवस्थासहितको कानून कार्यान्वयन भए हालको प्रेस काउन्सिल (विधेयकमा भनिएको मिडिया काउन्सिल)लाई स्वायत्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने महासंघका अध्यक्ष आचार्यको भनाइ छ ।

महासंघको टोलीसँगै सभामुख भेट्न पुगेका प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउनुपर्ने बताए । ‘पाइला पाइलामा सरकारसँग सोधेर, मन्त्रालयसँग सोधर मात्रै चल्नुपर्ने गरि ठिंगुराएर राखिएको अवस्थामा छ मिडिया काउन्सिल विधेयक,’ कार्यावाहक अध्यक्ष श्रेष्ठले भने ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसंग छलफल गर्ने उल्लेख गर्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न पनि सुझाव दिए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै महासंघले चरणवद्ध आन्दोलन घोषण गरेको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने समेत चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको