मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रेस स्वतन्त्रता विरोधी प्रावधान समेटिएको भनिएको मिडिया काउन्सिल विधेयक रोक्नका लागि नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ ।

जवाफमा सभामुख महराले विधेयकका सम्बन्धमा सञ्चारमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

सोमबार पत्रकार महासंघको टोली सभामुख महरालाई भेटेर विधेयक रोक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत एवम् पत्रकार तथा सञ्चारकर्मीलाई जरिवाना र काउन्सिललाई सरकारले निर्देशन दिनसक्ने भनि गरिएको व्यवस्था हटाउनुपर्ने माग राखे ।

यस्तो व्यवस्थासहितको कानून कार्यान्वयन भए हालको प्रेस काउन्सिल (विधेयकमा भनिएको मिडिया काउन्सिल)लाई स्वायत्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्ने महासंघका अध्यक्ष आचार्यको भनाइ छ ।

महासंघको टोलीसँगै सभामुख भेट्न पुगेका प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउनुपर्ने बताए । ‘पाइला पाइलामा सरकारसँग सोधेर, मन्त्रालयसँग सोधर मात्रै चल्नुपर्ने गरि ठिंगुराएर राखिएको अवस्थामा छ मिडिया काउन्सिल विधेयक,’ कार्यावाहक अध्यक्ष श्रेष्ठले भने ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफुले संचारमन्त्रीसंग छलफल गर्ने उल्लेख गर्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न पनि सुझाव दिए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै महासंघले चरणवद्ध आन्दोलन घोषण गरेको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने समेत चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३० बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली