यस्तो छ जाह्नवीको विवाह योजना | Khabarhub Khabarhub

यस्तो छ जाह्नवीको विवाह योजना


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर भलै आफ्नो करियरमा व्यस्त छिन् । उनले आफ्नो विवाहको बारेमा सोच्न पनि भ्याएकी छैनन् । तर यी अभिनेत्रीले आफ्नो विवाह कसरी हुन्छ भन्ने योजना चाहिँ बनाइसकेकी छन् ।

जाह्नवीले ब्याचलर पार्टीदेखि लिएर विवाहको पहिरन र लोकेसनसम्मको सबै योजना तयार पारेकी छन् । जाह्नवी सामान्य किसिमले विवाह गर्न चाहिन्छन् । दुई दिनमै विवाहका सबै कार्यक्रम सम्पन्न गर्ने उनको कार्ययोजना छ । विवाह पछि रिसेप्सन पार्टी अनिवार्य नहुने उनको बुझाई छ ।

एक पत्रिकासँगको कुराकानीमा उनले आफ्नो व्याचलर पार्टी हाफपेन्ट वा सामान्य किसिमको जिन्स पेन्ट लगाएर गर्नेछिन् । जुन पार्टी इटालीको कुनै जहाजमा हुनेछ ।

उनी तिरुपतिमा आफ्नो विवाह होस् भन्ने चाहिन्छन् । उनको मेहन्दी र संगीत समारोह मायलापुरमा श्रीदेवीको पुख्र्यौली घरमा हुनेछ ।

जाह्नवीका अनुसार विवाहमा उनले काञ्जीवरम वा पट्टु पावादी साडी लगाउनेछिन् । उनले आफ्नो विवाहको तयारी सौतेनी बहिनी अंशुला कपूरले हेर्ने बताएकी छन् । त्यो समयमा पिता बोनी कपूर निकै भावुक हुने भएकाले उनले अंशुलालाई सबै जिम्मेवारी दिने योजना बनाएकी छन् ।

जाह्नवीले सन् २०१८ मा फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालिन् । बलिउडमा पाइला चालेको तीन वर्षमै उनी चल्तीकी अभिनेत्री बनेकी छन् ।

कामको कुरा गर्दा उनी अभिनित फिल्म ‘रुही’ केही समय अघि रिलिज भएको थियो । जसमा राजकुमार राव र वरुण शर्मा प्रमुख भूमिकामा थिए । अब उनी करण जोहारको फिल्म ‘दोस्ताना २’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

आदिकवि भानुभक्तकाे जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू) 

काठमाडौं– नेपाली साहित्यमा आदिकविको रुपमा परिचित भानुभक्त आचार्यको जन्मजयन्ती आज

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी