यस्तो छ जाह्नवीको विवाह योजना « Khabarhub

यस्तो छ जाह्नवीको विवाह योजना


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर भलै आफ्नो करियरमा व्यस्त छिन् । उनले आफ्नो विवाहको बारेमा सोच्न पनि भ्याएकी छैनन् । तर यी अभिनेत्रीले आफ्नो विवाह कसरी हुन्छ भन्ने योजना चाहिँ बनाइसकेकी छन् ।

जाह्नवीले ब्याचलर पार्टीदेखि लिएर विवाहको पहिरन र लोकेसनसम्मको सबै योजना तयार पारेकी छन् । जाह्नवी सामान्य किसिमले विवाह गर्न चाहिन्छन् । दुई दिनमै विवाहका सबै कार्यक्रम सम्पन्न गर्ने उनको कार्ययोजना छ । विवाह पछि रिसेप्सन पार्टी अनिवार्य नहुने उनको बुझाई छ ।

एक पत्रिकासँगको कुराकानीमा उनले आफ्नो व्याचलर पार्टी हाफपेन्ट वा सामान्य किसिमको जिन्स पेन्ट लगाएर गर्नेछिन् । जुन पार्टी इटालीको कुनै जहाजमा हुनेछ ।

उनी तिरुपतिमा आफ्नो विवाह होस् भन्ने चाहिन्छन् । उनको मेहन्दी र संगीत समारोह मायलापुरमा श्रीदेवीको पुख्र्यौली घरमा हुनेछ ।

जाह्नवीका अनुसार विवाहमा उनले काञ्जीवरम वा पट्टु पावादी साडी लगाउनेछिन् । उनले आफ्नो विवाहको तयारी सौतेनी बहिनी अंशुला कपूरले हेर्ने बताएकी छन् । त्यो समयमा पिता बोनी कपूर निकै भावुक हुने भएकाले उनले अंशुलालाई सबै जिम्मेवारी दिने योजना बनाएकी छन् ।

जाह्नवीले सन् २०१८ मा फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालिन् । बलिउडमा पाइला चालेको तीन वर्षमै उनी चल्तीकी अभिनेत्री बनेकी छन् ।

कामको कुरा गर्दा उनी अभिनित फिल्म ‘रुही’ केही समय अघि रिलिज भएको थियो । जसमा राजकुमार राव र वरुण शर्मा प्रमुख भूमिकामा थिए । अब उनी करण जोहारको फिल्म ‘दोस्ताना २’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको